नियम ७१क
कार्य सम्पादन मूल्याङ्कन गर्ने अवधि
(१) प्रत्येक वर्ष श्रावण ७ गतेभित्र सम्बन्धित
कर्मचारीले आफ्नो कार्य सम्पादन मूल्याङ्कन फाराम भरी सुपरिवेक्षक समक्ष पेश गर्नु
पर्नेछ । सुपरिवेक्षकले श्रावण मसान्तभित्र सुपरीवेक्षण गरी पुनरावलोकनकर्तालाई बुझाई
सक्नु पर्नेछ ।
(२) पुनरावलोकनकर्ताले उपनियम (१) बमोजिम प्राप्त हुन आएको कार्य
सम्पादन मूल्याङ्कन फाराम भाद्र मसान्तभित्र मूल्याङ्कन गरी पुनरावलोकन समिति समक्ष
बुझाई सक्नु पर्नेछ ।
(३) उपनियम (१) र (२) बमोजिम मूल्याङ्कन भइसकेपछि पुनरावलोकन समितिले
कात्तिक मसान्तभित्र कार्य सम्पादन मूल्याङ्कन गरी एक प्रति लोक सेवा आयोगमा पठाउनु
पर्नेछ ।